सिरियाका राष्ट्रपति असादले छाडे राजधानी



काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन्।

विद्रोहीहरु प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् ।

विद्रोहीका कमाण्डरहरुले राजधानी दमिस्क असादको शासनबाट मुक्त भएको जनाएका छन्।

विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस)ले आफ्नो टेलिग्राम च्यानलमार्फत् बशर अल असादले देश छोडेको र सिरिया अब स्वतन्त्र भएको बताएको छ।

उसले भनेको छ, ‘एउटा कालो अध्याय अन्त्य भएर नयाँ शुरुवात हुँदै छ।’

रोयटर्सले पनि सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै राष्ट्रपति बसर अल असादले राजधानी छाडेको समाचार लेखेको छ। यद्यपि उनी राजधानी छाडेर कहाँ गए भन्ने उल्लेख छैन।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले राजधानी दमिस्कबाट एउटा निजी विमान उडेको र त्यसमा राष्ट्रपति बशर अल असद हुन सक्ने जनाएको छ।

प्रकाशित मिति : मंसिर २३, २०८१ आईतबार  १० : ३२ बजे