सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई पर्सा लैजाने तयारी



कास्की । सहकारी ठगीको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछानेलाई पर्सा लैजाने तयारी गरिएको छ।

गोर्खामा हुँदा रविका साझेदार छविलाल जोशीलाई कास्कीबाट पर्सा लगिएको छ। यस्तै रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ।

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो।

छवि/रामलाई सोमबार बिहान पर्सा पुर्‍याइएको हो। जिल्ला सरकारी वकिलको कार्यालयमा उनीहरूको बयान लिइने छ। त्यसपछि पुनः पोखरा फर्काउने तयारीमा प्रहरी छ।

रविलाई पनि पर्सा लगिने भएपनि समय भने यकिन गरिएको छैन। आइतबार मात्रै कास्की जिल्ला अदालतले रवि/छविलाई थप ४ दिन प्रहरी हिरासतमा नै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

कात्तिक २ गते रवि काठमाडौँबाट पक्राउ परेका हुन्। यसअघि असोज ६ गते छवि काठमाडौँबाटै पक्राउ परेका थिए। राम चाहिँ कात्तिक ९ गते काठमाडौँको पानीपोखरीबाट पक्राउ परेका हुन्।

काठमाडौँमा स्वर्णलक्ष्मी, चितवनको साहरा, रुपन्देहीको सुप्रिम र कास्कीको सूर्यदर्शन सहकारीबाट पनि रवि र छविले गोर्खा मिडियाका अध्यक्ष जीबी राईसँग मिलेर रकम ठगी गरेको आरोप छ। जीबी भने फरार छन्।

प्रकाशित मिति : मंसिर २४, २०८१ सोमबार  १० : ३९ बजे