एमालेको सचिवालय बैठक आज बस्दै



काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।

मंगलबार दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने छ।

प्रकाशित मिति : मंसिर २५, २०८१ मंगलबार  ९ : २१ बजे