काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज सातौँपटक कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा ५४ दिनदेखि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीले तयारी गरेको छ ।
रवि लामिछानेलाई हवाईमार्गबाट काठमाडौं हुँदै पोखरा लैजान लागिएको छ । सोमबार बेलुका पर्सा पु¥याइएका लामिछानेको मंगलबार बयान लिइएको थियो ।
लामिछानेको यसअघि कास्की, रूपन्देही, काठमाडौं, चितवनमा बयान लिइएको थियो ।














