सहकारी ठगी प्रकरण : म्याद थपका लागि रविलाई कास्की अदालतमा उपस्थित गराइँदै



काठमाडौं ।कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः म्याद थपका लागि आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ ।

सहकारी ठगी प्रकरणमा उनीसहित अन्य तीन जनालाई आज अदालतमा उपस्थित गराउन लागेको
कास्की प्रहरीले जनाएको हो ।

काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिदैछ ।

सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : मंसिर २७, २०८१ बिहीबार  १० : ३१ बजे