काठमाडौँमा बढ्यो चिसो,न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस



काठमाडौँ । काठमाडौँ उपत्यकामा अब निरन्तर चिसो बढ्ने क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्।

बिहीबार बिहान काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।

अधिकतम तापक्रम चाहिँ १९ डिग्री सेल्सियससम्म पुग्न सक्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। अब काठमाडौँमा केही दिन अझ चिसो बढ्ने विभागको आकलन छ।

विगाभका अनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ।

साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ।

तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना छ।

हुस्सुका कारण तराई क्षेत्रका विमानस्थलमा असर सुरु भइसकेको छ।

प्रकाशित मिति : मंसिर २७, २०८१ बिहिबार  १२ : ३२ बजे