काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउलले देशद्रोह गरेको आशङ्कामा अनुसन्धान भइरहेको छ। उक्त कसुरमा मृत्युदण्डको सजाय हुन्छ।
देशमा सैन्य शासन लागु गर्ने उनको निर्णय विफल भएपछि संसद्मा उनीविरुद्ध गत साता उनीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको थियो।
तर आवश्यक मतसङ्ख्या नपुग्दा त्यो अगाडि बढ्न सकेन। विपक्षी दलका सांसदहरूले उनीविरुद्ध फेरि अर्को महाभियोग अगाडि बढाएका छन्। त्यसमा यही सप्ताहान्तमा मतदान हुँदैछ।
यूनविरुद्ध उनकै दल पीपल्स् पावर पार्टीका सांसदहरू पनि खुलेर देखा पर्न थालेका छन्। अर्कोतर्फ हजारौँ मानिसहरूले सडकमा देखाइरहेको आक्रोश हरेक रात बढ्दो क्रममा छ।
यो साताको केही समय उनले छिट्टै राजीनामा दिने सहमति आफ्नो पार्टीसँग जनाएको जस्तो देखिएको थियो। त्यसको साटो उनको पार्टीले उनलाई महाभियोगबाट पदच्युत गर्ने प्रयास रोकिदिएको थियो।
उनले एउटा सम्बोधनमार्फत् सैन्य शासन लागु गर्ने घोषणाका लागि क्षमायाचना पनि गरे। तर समय बित्दै जाँदा उनले पदत्याग सङ्केत देखिएन।
बरु राष्ट्रपति यूनले राजीनामा दिने आफ्नो मनसाय नरहेको खुलाए। बिहीवार उनले आफ्नो हठ दोहोर्याउँदै भने, म अन्तिमसम्म लड्छु। उनले आफ्नो पुरानो निर्णयको प्रतिरक्षा पनि गरे।
दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउललाई पदबाट हटाउन माग गर्दै भएको प्रदर्शन उनले आफ्नो भाषणमा अपुष्ट षड्यन्त्रका योजनाहरूको चर्चा गरे।
उनले यसअघिको निर्वाचनमा उत्तर कोरियाले धाँधली गरेको हुन सक्ने दाबी समेत गरे। हालैको निर्वाचनबाट राष्ट्रपतिको दलले संसद्मा बहुमत गुमाएको थियो।
उनले संसद् र विपक्षी दलहरूमाथि लाञ्छना लगाउँदै आफूले सैनिक शासन घोषणा गरेर जनता र प्रजातन्त्र जोगाउने प्रयास गरेको दाबी गरे। बीबीसि बाट














