काठमाडौंमा बढ्दो वायु प्रदुषण (फोटोफिचर)



काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय वायु प्रदूषण बढेको छ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार शनिबार काठमाडौं विश्वको अठारौं प्रदूषित सहरमा रुपमा सूचीकृत भएको छ।

इन्डेक्सका अनुसार काठमाडौंको समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय एक्काईस पुगेको छ।

शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार अथवा पहेंलो संकेत दिइन्छ।

एक सय एकदेखि एक सय ५० सम्म एक्युआइलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्युआइलाई अस्वस्थकरका रूपमा लिइन्छ।

प्रकाशित मिति : मंसिर २९, २०८१ शनिबार  ६ : ४६ बजे