काठमाडौं । सिरियामा बशर/अल असदको सत्ता ढलेपछि जोर्डनका बशिर अल(बाटाइनाले ३८ वर्षदेखि सिरियामा हराइरहेका आफ्ना छोरा ओसामा फर्कने व्यग्रतापूर्वक अपेक्षा गरिरहेका थिए।
अल/ बाटाइना ८३ वर्षका भए र उनी उत्तरी जोर्डनमा रहेको इर्बिड सहरमा बस्छन्। उनले सन् १९८६ मा ओसामाले आफ्नो माध्यमिक विद्यालयको अन्तिम वर्षको कक्षा सुरु हुनु अघि गर्मीयामको बिदाको क्रममा एक हप्ता सिरियाको यात्रा गर्न अनुमति मागेको बताउँछन्। तर त्यसपछि उनी फर्किएर घर आएनन्।
त्यसको ३ दशक भन्दा धेरै समय बितेपछि अल बटाइना र उनको परिवारले आफूले प्रार्थना गरिरहे अनुसारकै खबर पाए।
सिरियाको सैदनाय जेल जहाँ हजारौँ मानिसलाई यातना र मृत्युदण्ड दिइयो ।
दमास्कस नजिकैको सैदनाय जेलबाट बाहिरिरहेका एक जनाको भिडिओ क्लिपमा उनले म इब्रिडको हुँ भनिरहेका देखिएको थियो। बीबीसि बाट














