काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवदेन बुझाएको छ ।
आज सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको हो ।














