हङकङविरुद्धको यू-१९ एकदिवसीय शृंखला नेपालको कब्जामा



काठमाडौँ । हङकङविरुद्धको यू-१९ एकदिवसीय शृंखला नेपालले जितेको छ।

आज भएको दोस्रो खेलमा हङकङलाई २२६ रनको विशाल अन्तरले पराजित गर्दै घरेलु टोली नेपालले एक खेल खेल्न बाँकी रहँदै शृंखला २-० ले जितेको हो।

नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९ ओभर ४ बलमा ७१ रनमा नै अलआउट हुन पुग्यो। हङकङका शिभ माथुरले सर्वाधिक १६ रन जोडे। प्रित मंगुकिया र अरेज दारले १४र१४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका दयानन्द मण्डलले सर्वाधिक ४ विकेट लिए। मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनाएको थियो।

उसका लागि सोहिल कुँवरले सर्वाधिक ८१ रन जोडे। सन्तोष यादवले अविजित ६६ रन बनाउँदा दिलशाद अलीले ४१ रन बनाए र कप्तान अभिषेक तिवारीले २६ रन जोडे।

यसअघि भएको पहिलो खेलमा नेपालले हङकङलाई ३ विकेटले पराजित गरेको थियो।

प्रकाशित मिति : पुस ३, २०८१ बुधबार  ६ : ४९ बजे