मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प



काठमाडौं । मनाङ केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४।७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा गएको र आसपासका जिल्लामा समेत धक्का महसुस भएको बताइएको छ ।

प्रकाशित मिति : पुस ४, २०८१ बिहीबार  ९ : ५२ बजे