काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रासपा)का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध अभियोगपत्र दर्ता भएको छ ।
रविविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी भएर मुद्दा दायर भएको छ ।
आईतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।














