रवि लामिछाने सांसद पदबाट निलम्बीत हुने,संसद् सचिवालय पुग्यो पत्र



काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बन हुने भएको हो ।

लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार बिगो कायम गर्न माग गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता भएसँगै ऐनमा भएको व्यवस्थाअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बनमा परेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारि दिए ।

लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको चिठी समेत संसद् सचिवालयमा आइपुगेको बताइएको छ ।

प्रकाशित मिति : पुस ७, २०८१ आइतबार  ७ : १७ बजे