सन्त नेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती मनाइँदै



काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज १०१औँ जन्मजयन्ती मनाइँदैछ ।

नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ भट्टराईको जन्मजयन्ती मनाउन लागेका हुन् ।

विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए ।

भट्टराईलाइ एक सच्चा,देशप्रेमि र सन्त नेताको रुपमा सम्मान ब्यक्त गरिदै आएको छ ।

प्रकाशित मिति : पुस ८, २०८१ सोमबार  ९ : १४ बजे