राष्ट्रपति समक्ष पाँच देशका राजदूतले लिए शपथ



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सोमबार राष्ट्रपति कार्यलय शितल निवासमा आयोजित एक समारोहकाबीच नवनियुक्त पाँच राजदूतहरूले सपथ ग्रहण गरेका हुन् ।

शपथ लिनेहरुमा जङ्गबहादुर चौहान रुसी महासंघ, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य,शनिल नेपाल स्पेन डा. शिवमाया तुम्बाहाङ्फे गणतन्त्र कोरिया र गणतन्त्र भारतका लागि डा. शंकर प्रसाद शर्मा रहेका छन् ।

प्रकाशित मिति : पुस ८, २०८१ सोमबार  १ : १४ बजे