माओवादीले माग्यो लेखा समिति सभापति पोखरेलको राजीनामा



काठमाडौं । माओवादीका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् ।

सिंहदरबारमा बसेको लेखा समिति सभापतिको बैठकमा नेकपा माओवादीका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका हुन् ।

सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पोखरेलको राजीनामा मागेका हुन् ।

चेक एन्ड ब्यालेन्सको कुरा छ । लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ,’ सांसद मोदीले भने, ‘तपाईं आफैं सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ । सरकारको छाया यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ । यसकारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ ।’

प्रकाशित मिति : पुस ८, २०८१ सोमबार  ३ : ०९ बजे