काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल आज बाट पोखरामा सुरू हुँदैछ।
क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर हुन लागेको फेस्टिभल सन् २०२५ को पहिलो दिन १ जनवरीसम्म चल्ने छ ।
महोत्सव पामे क्षेत्रको लौरूकदेखि चङ्खपुरसम्म तीन किलोमिटर क्षेत्रमा आयोजना हुनेछ।
हट एयर बलुनमा सामान्यत ४० मिनेटको लामो उडान हुन्छ। उडानका क्रममा अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरीलगायतका हिम श्रीङ्खलासहित पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ।





















