पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट चाटर्ड उडान अवतरण भएको छ।
पोखरामा सुरु हुन लागेको वाटरबोट फेस्टिभलमा सहभागी हुन आउने प्रतियोगी र अधिकारीलाई लिएर चिनियाँ जहाज पोखरा अवतरण गरेको हो।
जहाजमा १२९ जना छन्। यो जहाज चार्टर हो। खेलाडीको सुविधाका लागि चीनले चार्टर जहाज पठाएको हो।
प्रयोगितामा नेपाल, चीन र सिंगापुरका २० टिम सहभागी हुँदैछन्।
पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, ड्रागन बोट एसोसिएसन नेपालको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो।
पुस १४ र १५ गते हुन लागेको अन्तराष्टिय ड्रागन बोट रेसको यो दोस्रो शृंखला हो।
प्रतियोगिता फेवातालमा हुनेछ।










