काठमाडौं । मेडिकल व्यावसायीहरुले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण प्रणालीमा सिण्डिकेट अन्त्यको माग गरेको छ ।
नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारमा जाने श्रमीकको स्वास्थ्य परिक्षण प्रणालीमा भएको सिण्डिकेट अन्त्यको अभियान संचालन गर्दै आएको पनि जनाएको छ ।
वैदेशिक रोजगारमा जाने श्रमिकको मात्र नभएर आम मानिसको स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य क्षेत्रको प्रतिनिधित्वि गरि मेडिकल व्यवसायको क्षेत्रमा देखा परेका विविध समस्या र चुनौतिलाई समाधान गर्नुपर्ने पनि संघले जोड दिएको छ ।
‘तत्कालिन अवस्थामा मलेसिया देशमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने विषयमा कानुनको धज्जी उडाउदै अनैतिक साठगाँठमा नमुना कार्यक्रमको रुपमा ६ महिनाका लागि मात्र भनेर व्यापक असहमती राख्दा राख्दै लागु गरिएको सिण्डिकेट विरुद्ध एकजुट हुनेछौं,’ संघले भनेको छ ।














