सकियो रवि लामिछानेको बयान, अरू प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस



काठमाडौं, १२ पुष । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ ।

हिजोबाट सुरु भएको बयान आज सकिएको हो । लामिछानेको बयान लगातार दुई दिन लिईएको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा उनको बयान भएको हो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राईको इजलाशले छविलाल जोशी र लिला पछाईंको बयान लिएको हो । अरू प्रतिवादीको पनि बयान लिने काम सकिएपछि मात्रै थुनछेक बहस हुनेछ

प्रकाशित मिति : पुस १२, २०८१ शुक्रबार  ५ : ५१ बजे