काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको छ।राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले पुस १९ देखि केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको हो ।
शुक्रबारको सचिवालय बैठकले केन्द्रीय संगठन विभागमा तीन जनालाई थपेको छ ।जसमा लम्जुङका धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिराहका विमल तिवारी रहेका छन् ।
यस्तै बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासी अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराईलाई नियुक्त गरेको छ ।
शुक्रबारको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकमा पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरेका छन् ।
सो बैठकमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट पार्टीको कूल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेश गरिएको थियो ।