स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रविसहित ४४ जना प्रतिवादी,प्रहरीले बुझायो प्रतिवेदन



काठमाडौं, १८ पुस । काठमाडौंको कालिमाटीस्थित रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । आज (बिहीबार) प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको हो ।

प्रहरी प्रतिवेदनअनुसार स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र ४४ जनालाई प्रतिवादी कायम गरिएको छ । उनीहरुबाट १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपितहरु लामिछाने, गोर्खा मिडियाका पूर्व सञ्चालक एवं नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, सहकारीका कोषाध्यक्ष कुमार रम्तेललगायत ५ जना अहिले थुनामा छन् ।

अन्य प्रतिवादीलाई फरार सूचीमा राखेर प्रहरीले प्रतिवेदन पेश गरेको हो । स्रोतका अनुसार उनीहरुलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

प्रकाशित मिति : पुस १८, २०८१ बिहिबार  ५ : ४१ बजे