कञ्चनपुर । डडेल्धुराको आलिताल गाउँपालिका-३ स्थित आलितालमा पहिलोपटक जलपक्षी गणना गरिएको छ ।
नेपाल पक्षी संरक्षण संघ ९बीसीएन०का चराविज्ञ हिरुलाल डगौरासहितको गणकहरुले डिभिजन वन कार्यालय डडेल्धुराको समन्वयमा ताल क्षेत्रमा जलपक्षी गणना गरेका हुन्।
ताल क्षेत्रमा ४८ प्रजातिका जलपक्षी देखा परेको चराविज्ञ डगौराले बताए। उनका अनुसार तालमा मुख्यगरी ठूलो जलेवा, सानो जलेवा, डुबुल्की हाँस, खडखडे हाँस, विश्वमै दुर्लभ मालक हाँसलगायत चराहरु देखिएका छन्। ताल आसपासमा चराहरुको अध्ययन बाँकी रहेको उनले बताए।
ुपहिलोपटक ताल क्षेत्रमा जलपक्षी गणना गरेका छौँ,ु डगौराले भने, ुरैथाने र आगन्तुक जलपक्षीबारे अध्ययन सुरु गरेका छौँ।ु
ताल क्षेत्रमा एक वर्षसम्म अध्ययन र अवलोकनपश्चात् ताल क्षेत्रमा कुन प्रजातिका कति चराहरु रहेको भन्नेबारे जानकारी हुने उनले उल्लेख गरे। हाल ताल क्षेत्र र वरिपरिका चराको मात्रै अभिलेख राखिएको उनको भनाइ छ।
आलिताल समुद्री सतहबाट आठ सय मिटर उचाइमा छ। यस तालको लम्बाइ एक हजार एक सय ७५ मिटर र चौडाइ करिब चार सय मिटर रहेको छ। यहाँ चरा संरक्षण गर्न गाउँपालिकाले एकजना हेरालुको व्यवस्था गरेको छ। चरा अवलोकन गर्न र तालको सौन्दर्य अवलोकन गर्न पर्यटक यहाँ आउने गरेका छन्।
नेपाल पक्षी संरक्षण संघका गणकहरुले कैलालीको धनगढी उपमहानगरपालिका(७ स्थित जाखोर तालसँगै महादेवा तालमा पनि जलपक्षी गणना गरेका छन्। तालमा कैले टाउके हाँस, मालक हाँस, सिजुरी, सुनगजुरेलगायत चराका बथान देखिएको उनको भनाइ छ।
घोडाघोडी नकरोडताल, रखौना, सोनियाँ रुपियाँ, घोरताल, पुरैना, जम्नेहटा, चम्रहिया, कोइलही ताल र कर्णाली जलाधार क्षेत्रमा जलपक्षी गणना गरिने बताइएको छ। अन्य ताल तलैया र नदीमा जलपक्षी गणना भइरहेको छ। कञ्चनपुरको पुरैनी तालमा ५५ प्रजातिका जलपक्षी भेटिएका छन्।
उत्तरी धुव्र रुस, चीन, मङ्गोलियालगायत अत्यधिक चिसो हुने क्षेत्रहरुबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा यहाँका विभिन्न तालतलैया, नदी र वनजङ्गल क्षेत्रमा आउने गर्दछन्। रासस














