भारतमा सवारी दुर्घटनामा एक वर्षमा एक लाख ८० हजारको मृत्यु



नयाँ दिल्ली । सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ ।

भारतका सडक यातायात तथा राजमार्गमन्त्री नीतिन गडकरीले सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको जानकारी बुधबार दिए ।

उनका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमध्ये ६६ प्रतिशत १८ देखि ३४ वर्ष उमेर समूहका रहेका छन् । मृत्यु हुनेमा करिब १० हजार विद्यालयमा अध्ययनरत छात्रछात्रा रहेको उल्लेख गर्दै उनले विद्यालय तथा अन्य शैक्षिक संस्थाअगाडि यातायातको उचित व्यवस्था नहुँदा मृत्यु भएको बताए ।

गडकरीले मानव जीवन बचाउनका लागि सडक दुर्घटनाका पीडितहरूको नगदरहित उपचारको नयाँ योजना सुरु गरिएको पनि बताए । उनले भने, “सडक दुर्घटनामा परी घाइते भएकाहरूको नगदरहित उपचारका लागि हामीले नयाँ योजना सुरु गरेका छौं ।”

दुर्घटनालगत्तै २४ घन्टाभित्र प्रहरीमा सूचना जाँदा भर्ना भएका बिरामीको सात दिनको उपचार खर्च वा उपचारको लागि अधिकतम एक लाख ५० हजार भारतीय रुपैयाँ ९एक हजार ७४७ अमेरिकी डलर०सम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

सडक दुर्घटनाका घटनामा मृत्यु भएका व्यक्तिका लागि दुई लाख भारतीय रुपैयाँ ९दुई हजार ३०० अमेरिकी डलर० पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ । राससरसिन्ह्वा

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ५ : २९ बजे