उमागौरी सहकारी ठगी प्रकरणः लेखा समिति सभापतिकी श्रीमती धरौटी बुझाएर रिहा



काठमाडौं, २४ पुस । सहकारी ठगी प्रकरणमा जोडिएकी प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला रिहा भएकी छिन् ।

उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी कोइराला जिल्ला अदालत मोरङको आदेशपछि १० लाख धरौटी बुझाएर रिहा भएकी हुन् । पोखरेलकी श्रीमती अञ्जला आज आफैं अदालतमा हाजिर भएकी थिईन् ।मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फारार रहेकी उनी बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् ।

न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको आजै थुनछेक बहस भएरको थियो । न्यायाधीश भट्टराईको इजलासले अञ्जलालाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

मोरङको धनपालथान–४ मा रहेको उक्त सहकारीको सञ्चालक रहँदा अञ्जलाले बचतकर्ताको बचत रकम अपचलन गरेको आरोप लागेको थियो । सो सहकारी ठगीमा अञ्जलासहित २६ जनाविरुद्ध २६ करोड ४८ लाख २७ हजार रुपैयाँ बिगो मागसहित मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ७ : ०७ बजे