एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने



काठमाडौँ,कात्तिक ९ । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करण आजबाट सुरु हुदैछ ।

आज बेलुका ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिडनेछन्। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।

यसैबीच प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ।

यसका साथै प्रतियोगिताको सबै तयारी लगभग पूरा भएको समेत नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ।

प्रकाशित मिति : कार्तिक ९, २०८३ सोमबार  ७ : ५१ बजे