पोखरा । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
अदालत स्रोतका अनुसार आज साँझसम्म थुनछेक आदेश आउने सम्भावना रहेको छ । अहिले सो सहकारी ठगीमा प्रतिवादी बनाईएका ४४ जनामध्ये उपस्थित भएका सातै जनालाई जिल्ला अदालत लगिएको हो।
कास्की जिल्ला अदालतमा गत पुस १६ गतेदेखि न्यायाधीश नितिज राईको इजलासमा उनीहरुको थुनथेक बहस भइरहेको छ ।
जाहेरवाला र प्रतिवादीहरुको तर्फबाट थुनछेक बहस सकिएको र सरकारका तर्फबाट जिल्ला न्यायधिबक्ताको तर्फबाट प्रतिउत्तर दिन बाँकी रहेको अवस्थामा आज जिल्ला न्यायधिबक्ताले प्रतिउत्तर दिएपछि आजै जिल्ला न्यायाधिश नितिज राइले थुनछेक सम्बन्धि आदेश जारी गर्न सक्ने सर्वत्र अपेक्षा गरिएको छ ।