रविको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जारी थुनछेक बहस सकिएको छ ।

सरकारी वकिलले आज जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो ।

सरकारी वकिल कार्यालयतर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरेका हुन् ।अहिले न्यायाधीशले प्रतिवादीलाई आफ्ना कुरा राख्न समय दिएका छन् ।

अदालत स्रोतका अनुसार आज साँझसम्म थुनछेक आदेश आउने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  १ : १० बजे