न्यायाधीशसमक्ष रविले भने- बाहिरै बसेर पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाड्न अनुरोध गरेका छन्।

बिहीबार कास्की जिल्ला अदालतमा थुनछेक बहस सकिएपछि न्यायाधीश नितिज राईले प्रतिवादीहरुलाई आफ्ना कुरा राख्ने समय दिएका थिए । सो क्रममा लामिछानेले आफूलाई तारेखमा छाडिदिन भनेका हुन् ।

उनले भने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लागेका लामिछानेले न्यायाधीश नीतिज राईसमक्ष भने, ‘बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्। हरेक पटक तारेखमा सहकारी पीडितका पक्षमा काम गरेको रिपोर्टसहित आउनेछु।’

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ३ : ०४ बजे