पर्यटन समितिमा सांसद सुवाल र सभापति यादवबीच चर्काचर्की



काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबारको बैठकमा सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालबीच चर्काचर्की परेको छ।

आफूले असहमति जनाउँदा जनाउँदै सभापति यादवले बैठकका निर्णय सुनाएको र आफूलाई कुरा पनि राख्न समय नदिएको सुवालको भनाइ थियो।

सांसद सुवालले कुरा राख्दा औंला उठाएको भन्दै सभापति यादवले औंला तल राख्न निर्देश गरेका थिए।

सभापति यादव कडा स्वरमा बोलेपछि छेवैमा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सभापति यादवलाई सम्झाउन खोजेपनि उनी शान्त बनेनन्।

‘तपाईं निरंकुश नहुनुस्, यो राणा शासन होइन। मैले असहमति छ भनेपछि तपाईंले किन भन्नुपर्ने हो। तपाईं एक्लै हो, के फुर्ति गर्नुहुन्छ, हुत्तिनुहुन्छ।’

बैठकले कार्यान्वययोग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउन मन्त्रालयलाई निर्देशन दिएको छ।

बिहीबार सिंहदरबारस्थित समिति सभाकक्षमा बसेको पर्यटन समितिको बैठकले संस्कृति पर्यटन र नागरिक उड्डयन तीनै क्षेत्रको वृहत्तर विकासको लागि मन्त्रालयको समग्र नीतिगत संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वय गर्न योग्य कार्ययोजना यथासिघ्र निर्माण गरी सो को जानकारी समितिलाई गराउने निर्णय गरेको सभापति राजकिशोर यादवले जानकारी दिए।

‘संस्कृति पर्यटन र नागरिक उड्डयन तीनै क्षेत्रको वृहत्तर विकासको लागि मन्त्रालयको समग्र नीतिगत संरचनागत र व्यवस्थापकीय सुधार गर्न, त्यसको कार्यान्वय गर्न योग्य कार्ययोजना यथासिघ्र निर्माण गरी सो को जानकारी समितिलाई गराउने निर्णय भएको छ ।’

यस्तै,उनले विभिद जाती भाषा धर्म र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न नेपालमा जातिय र धार्मिक संग्रालयहरुको निर्माण कार्यलाई तिव्रता दिइ पर्यटन प्रवद्र्धनमा जोड दिने र मन्त्रालय अन्तर्गत सार्बजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवम् निकायहरुको उपलब्धी र प्रभावकारीताबारे अध्यन गरी सो को जनकारी समितिलाई जानकारी गराउने निर्णय भएको पनि जानकारी दिए ।

उनले भने,‘विभेद जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न नेपालमा जातिय र धार्मिक संग्रालयहरुको निर्माण कार्यलाई तिव्रता दिई पर्यटन प्रवद्र्धनमा जोड दिने । मन्त्रालय अन्तर्गत सार्बजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवम् निकायहरुको उपलब्धी र प्रभावकारीताबारे अध्यन गरी सो को जानकारी समितिलाई जानकारी गराउने पनि निर्णय भएको छ ।

त्यस्तै उनका अनुसार पुरातात्विक सम्पदा उत्खनन्को कामलाई नियमित परिणाममुखीमुलक बनाई कार्य सम्पादनमा जोड दिने पनि निर्णय भएको छ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ४ : १३ बजे