पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा थुनछेक आदेश तयार भइरहेको छ।
सूर्यदर्शन सहकारी ठगीमा जोडिएका प्रतिवादीहरूमाथि जिल्ला सरकारी वकिलको कार्यालयले सरकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लगाएको छ ।
सोही मुद्दाको थुनछेक बहसका अन्य सम्पूर्ण प्रक्रिया पूरा भएपछि आदेश लेखनको काम चलिरहेको हो ।
आदेश तयार भइरहेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए। उनका अनुसार आजै थुनछेक आदेश जारी हुनेछ।