छविलाल जोशीलाई पनि धरौटीमा छाड्न आदेश



काठमाडौं, २५ पुस । कास्की जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश नितिज राईको इजलासले छविलाई ८८ लाख रुपैँया धरौटीमा छाड्न आदेश दिएको छ । पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएको उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्तिशुद्धीकरण मुद्दा छ ।

छविसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पनि धरौटीमा छाड्ने आदेश दिएको छ ।

त्यसैगरी प्रतिवादीहरु रामबहादुर गुरुङ, लिला पछाईं, आरती गुरुङ, कृष्णबहादुर गुरुङ र मिना गुरुङलाई पनि धरौटीमा छाड्ने आदेश भएको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ६ : २७ बजे