सहकारी ठगी प्रकरण : रवि लामिछाने आइतबार मात्र अदालतमा हाजिर हुने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार मात्र काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भएका छन् ।

कास्की जिल्ला अदालतले तोकेको ६५ लाख रुपियाँ धरौटी बैंक ग्यारेन्टी राखेर बिहिबार राती हिरासतमुक्त भएका लामिछाने आज दिउँसोमात्र काठमाडौं आइपुग्ने र पर्सी आइतबार अदालत हाजिर हुने स्रोतले जनाएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेसित ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । धरौटी रकम बुझाएर लामिछाने बिहीबार नै थुनामुक्त भइसकेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १२ : २८ बजे