काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेकी लिला पछाई धरौटी बुझाएर शुक्रबार रिहा भएकी छन् ।
बिहीबार कास्की जिल्ला अदालतले उनीसँग ३७ लाख धरौटी मागेको थियो ।
रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङ बिहीबार धरौटी बुझाएर रिहा भएका थिए ।
उनी आज धरौटीमा बुझाएर रिहा भएको अदालत स्रोतले जनाएको छ ।