काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालत पुगेका छन्।
काठमाडौँ कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा मुद्दा दायर भएपछि बयानलगायतका प्रक्रियाका लागि लामिछाने काठमाडौँ अदालतमा उपस्थित भएका हुन्।
बिहान १० बजे अदालत खुल्ने भएपनि त्यसअघि लामिछाने स्कोर्पियो गाडी चढेर अदालत पुगेका हुन्।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
तीन महिनाको अनुसन्धान र थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले उक्त आदेश दिएको थियो।
कास्की प्रहरीबाट छुट्नका लागि उनले शुक्रबार काठमाडौँ अदालतमा हाजिर हुने प्रतिबद्धता व्यक्त गरेका थिए। बिहीबार उक्त प्रतिबद्धता गरेका भए पनि शुक्रबार उडान व्यवस्थापन नभएको र सडकमार्गबाट आउँदा ढिलो भएको कारण देखाएका थिए। शनिबार बिदा परेकाले उनी आइतबार अदालत पुगेका हुन्।