तोलामा १६ सय रुपैयाँले बढ्यो सूनको मूल्य



काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १६ सय रुपैयाँले बढेको हो ।

शुक्रबार एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज छापावाला सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आइतबार चाँदी पनि १५ रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ८४५ रुपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ११ : १७ बजे