रवि लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा



काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा हुने भएको छ ।

कास्की जिल्ला अदालतबाट गत बिहीबार ६५ लाख धरौटी तिरेर छुटेका रवि आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

अधिकारीकै इजलासमा लामिछानेको बयान र थुनछेक बहस हुने अदालत स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : पुस २८, २०८१ आईतबार  ११ : ५२ बजे