काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेसहितको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा सुरु भएको छ ।
न्यायाधीश अधिकारीको इजलासमा जिल्ला अदालत काठमाडौंमा रविको बयान सुरु भएको हो ।
कास्की जिल्ला अदालतबाट गत बिहीबार ६५ लाख धरौटी तिरेर छुटेका रवि आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
रवि लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आज अदालत उपस्थित भएका छन् ।














