काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा काठमाडौं जिल्ला अदालतमा उनी उपस्थित भएका थिए ।
न्यायाधीश माधव अधिकारीको इजलासमा बयान सकिएपनि उनको थुनछेक बहसभने आज रोकिएको छ ।
आइतबार लामिछानेको बयान सकिएपनि थुनछेक बहस नसकिएकाले अधिकारीको इजलासले प्रहरीकै जिम्मा लगाउन भनेको हो।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको काठमाडौँ जिल्ला अदालतले जानकारी दिएको छ।














