विपीन जोशी फर्केर आउनेमा ढुक्क छु : परराष्ट्रमन्त्री राणा



काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणाले हमासको अपहरणमा परेका विपीन जोशी सकुशल रहेको बताएकी छन्। सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री राणाले सो कुरा बताएकी हुन्।

बैठकमा उनले भनिन्– ‘विपीन भाइ सकुशल हुनुहुन्छ। उहाँ फर्केर आउनुहुन्छ भन्ने ढुक्क छु।’

उनले यो विषयमा कतारको राजदूतसँग फोनमा कुरा भएको बताउँदै राजदूतले त्यहाँका परराष्ट्रमन्त्रीसँग कुरा गराउने आश्वासन दिएको बताइन्।

‘कतारको राजदूतसँग फोनमा कुरा गरे। त्यहाँको परराष्ट्रमन्त्रीलाई कुरा राख्छु भन्नुभएको छ,’ उनले भनिन्, ‘भोलि कतारको परराष्ट्र मन्त्रीसँग फोनमा कुरा गराउँछु भन्नुभएको छ। मलाई कुरा हुने आशा छ।’

मन्त्री राणाले यसअघि ३४ जना रिहा हुन लागेको रिपोर्ट आएको तर पछि होइन भन्ने रिपोर्ट आएको बताइन्।

उनले जुलाईमा इजरायलले नै महिला बालबालिकाको सूची हमासलाई पठाइसकेको रिपोर्ट आएको समेत बताइन्।

प्रकाशित मिति : पुस २९, २०८१ सोमबार  १ : ०० बजे