सरकारी वकिलले भने – रविलाई थुनामा नराखे प्रमाण नष्ट हुन्छ



काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सरकारी वकिलले बहस सुरु गरेका हुन् ।अहिले सरकारी वकिलले बहस गरिरहेका छन् ।

थुनछेक बहसका क्रममा सरकारी वकिलले लामिछानेलाई त्यसै छाड्न नहुने थुनामै पठाउनुपर्ने माग गरेका छन् ।

‘सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा छन् । प्रतिवादीलाई अहिले थुनाबाहिर राख्दा प्रमाण नष्ट हुने देखिन्छ, । कास्की अदालतको आदेश बिर्सिदिनुस् श्रीमान्, रवि लामिछानेलाई थुनामै पठाउनुपर्छ’ उनीहरुले भनेका छन् ।

अहिलेसम्म जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र सन्जेल, जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवाल, बिना खड्का, राधिका सुवालले बहस गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  २ : ०१ बजे