स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : आजपनि सकिएन थुनछेक बहस,रवि लामिछाने हिरासतमै



काठमाडौं, । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणकोआरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आजपनि प्रहरीकै जिम्मा लगाएको छ ।

सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

भोलि सरकारी बिदा भएका कारणले बुधबार मात्रै थुनछेक बहस हुने भएको हो ।

उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरे । सरकारी वकिलको बहस सकिएको छ ।

अब लामिछानेका वकिलको बहस बाँकी छ । उनीहरूले बुधबार बहस गर्नेछन् ।

प्रकाशित मिति : पुस २९, २०८१ सोमबार  ४ : ५१ बजे