आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति



काठमाडौँ – अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी सामाजिक सञ्जालमा भाइरल आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

बुधबार दिउँसो स्वयम्भू प्रहरीले पक्राउ गरी तामाङलाई गौशाला वृत्त पठाएको थियो। तामाङविरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरिएको हो।

गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा तामाङलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको थियो। पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई धम्क्याएकी थिइन्। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल नै बनेको थियो।

प्रकाशित मिति : माघ ३, २०८१ बिहिबार  ११ : २७ बजे