काठमाडौँ – काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा मुद्दामा पूर्वडिआइजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सोमबार यस्तो थुनछेक आदेश दिएको हो। जोशीमाथि ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।
यसअघि कास्कीको पोखरास्थित सुर्यदर्शन सहकारीको मुद्दामा कास्की अदालतले जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।














