राष्ट्रपति पौडेलद्धारा संघीय संसदको हिउँदे अधिवेशन आव्हान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको हिउँदेअधिवेशन आव्हान गरेका छ्न् ।

राष्ट्रपति पौडेलले यही माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संसदका दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

आज (मंगलबार) राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार  ११ : ४३ बजे