धरानवासीको खानेपानी समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता



काठमाडौं। आज सिंहदरबार छिरेका धरान उपमहानगरपालिका मेयर हर्कराज राईसँगको भेटवार्तामा खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानी समस्या समाधानका लागि यसै वर्षभित्र टेण्डर आह्वान गर्ने प्रतिबद्धता जनाएका छन् ।

खानेपानी मन्त्री यादवले मेयर साम्पाङलाई धरानमा खानेपानी समस्या समाधान गर्न एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र नै खानेपानीसम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता जनाएका छन्।

खानेपानी समस्या समाधानका लागि मन्त्री यादवले आफूले खानेपानी व्यवस्थापनका लागि टेण्डर आह्वान गरिएको सूचनासहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता व्यक्त गरेको छन् ।

प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार  ४ : ०१ बजे