अदालतमा हाजिर हुन भैरहवा पुगे रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भैरहवा पुगेका छन् ।

बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी बुटवल अदालतमा हाजिर हुन भैरहवा आएका हुन् ।

रबि लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । उनी भोलि आफैं अदालत उपस्थित हुने जनाइएको छ ।

प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार  ४ : ५७ बजे