काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य आज एक हजारले बढेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पाँच रुपैयाँ बढेर एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।