काठमाडौं, १३ माघ । सहकारी ठगी प्रकरण मुद्दा खेपिरहेका रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले पनि धरौटीमा छाड्ने आदेश दिएको छ ।
न्यायाधीश प्रह्लाद योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको हो ।
लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेमाथि रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको थियो । रविको पक्षबाट आज पूर्व महान्यायाधीवक्ता समेत रहेका रमण श्रेष्ठले समेत बहस गरेका थिए ।
लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए ।














